चर्को आलोचना भए पछी अमेरिकी दूतावासले दियो सन्दीपलाई भिसा
काठमाडौं, साउन २८ – अन्तत: सामाजिक सन्जालमा चर्को आलोचना भए पछी अमेरिकी दूतावासले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिएको हो ।भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।
सुरुमा अमेरिकी दूतावासले भिसा नदिए पनि पछि रिभ्यूका लागि भन्दै बाेलाएर सन्दपीलाई भिसा दिएकाे हाे । केही असमझदारीका कारण उनलाई पहिलो पटक रिजेक्ट गरेको बताईएको छ ।सीपीएल खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारणबिना नै भिसाका लागि अस्वीकृत गरेको थियो । त्यसपछि उनले आफ्नो असन्तुष्टि ट्वीटमार्फत पाेखेका थिए ।
सन्दीपले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दूतावासलाई मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका थिए । आफूले सन २०१६ देखि विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाई अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका थिए । उनले आफूलाई भिसा नदिएको कुरा ट्विटरमा राखेपछि दूतावासको तीव्र आलोचना भएको थियो ।
तपाइँको प्रतिक्रिया