नेयमारका लागि पीएसजीसँग निर्णायक वार्ता गर्दै बार्सिलोना

एटुजेड समाचार

साउन १९ – पछील्लो समय नेयमार बार्सिलोना फर्कने बिषयले विश्व फुटबलमा ठुलै तरङ बनायो । बार्सिलोनाले आफ्ना पुर्व स्टार खेलाडी नेयमारलाई फर्काउन चाहेको र नेयमार आँफै पनि पुर्व क्लब फर्किन चाहेको खबर निकै चर्चामा रहेको छ । यसको लागि बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु बिभिन्न प्रस्ताव राखे पनि सबै अस्विकार भएको खबर आयो ।

अब भने बार्सिलोनाले पीएसजीसँग अधिकारिक वार्ता गर्ने भएको छ । नेयमारलाई क्लबमा फर्काउने बिषयलाई लिएर बार्सिलोनाले हाल उनी अनुबन्धित क्लब पीएसजीसँग अधिकारिक वार्ता गर्ने तयारी गरेको छ । स्रोतका अनुसार यही वार्ता नै निर्णायक हुने भएकोले नेयमार बार्सिलोना आउछन् अथवा पीएसजी नै बस्छन् भन्ने बिषय उक्त वार्ताले नै टुङ्गो लगाउनेछ ।

वार्ताका लागि बार्सिलोनाले केही दिन भित्र नै पीएसजीलाई प्रस्ताव पठाउने छ । उक्त प्रस्ताव सम्झौता प्रस्ताव हुने स्रोतको दाबी रहेको छ । प्रस्तावमा यस अघी चर्चा भए जस्तै बिषयहरु रहने सम्भावना रहेको छ । नेयामरका लागि बार्सिलोनाले कम्तीमा २५० मिलियन युरी सम्मको प्रस्ताव राख्न सक्ने बताईएको छ । समय धेरै बाँकी नरहेकोले बार्सिलोना यो बिषयलाई जती सक्दो चाडो टुङ्गो लगाउन योजनामा रहेको छ । पीएसजीको लिग वान र बार्सिलोनाको ला लिगा शुरु हुन धेरै समय नरहेकोले पनि यो बिषय चाडो टुङ्गो लगाउन जरुरी रहेको छ ।

बार्सिलोनाको यो अधिकारिक तथा निर्णायक प्रस्तावलाई पीएसजीले सहजै स्विकार भने गर्न नसक्ने स्रोतको दाबी छ । नयाँ सिजन शुरु हुन केही दिन मात्र बाँकी रहेकोले पीएसजीले प्रस्तावलाई कसरी लिनेछ भन्ने बिषय चाखपूर्ण हुने देखिन्छ । तर पीएसजीले नेयमारका लागि बार्सिलोनालाई अगस्ट ९ सम्मको समय सिमा दिएको छ । लिग वान अगस्ट ९ बाट शुरु हुने भएकोले उसले बार्सिलोनालाई उक्त समय सिमा दिएको हो । अगस्ट ९ सम्ममा बार्सिलोनाले नेयमर भित्र्याउने प्रकृया शुरु गरिसक्नु पर्नेछ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु