साउन १९ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई फर्वार्ड नेयमार र किलियन एमबाप्पे बिच मनमुटाव भएको छ । शनिबार भएको फ्रेन्च सुपर कपको ट्रफी सँग फोटी खिचाउने क्रममा यि दुई बिच मनमुटाव भएको देखिन्छ । रेन्नेसलाई पराजित गर्दै पीएसजीले सिजनको पहिलो उपाधी जितेपछी ट्रफीसँग फोटो खिचाउने क्रममा एम्बाप्पेले नेयमारलाई धकेले ।
LMAOOOOOO MARCO LITERALLY FORCING HIM FFSSS BARCELONA PICK HIM UP https://t.co/R7qEPJj7ag
— Galu 🇦🇷 (@PSGalu) August 3, 2019
उक्त खेलमा नेयमार टोलीमा थिएनन् तर खेलको सकिए पछी भएको ट्रफी र पदक वितरण समारोहमा भने उनी उपस्थित भएका थिए । उनी मैदानमा नउत्रिएपनि पदक ग्रहण गर्न भने समारोहमा उपस्थित थिए । उनलाई इटालियन मिडफिल्डर मार्को भेराट्टीले ट्रफी उचाल्ने समय तान्दै टोलीसँगै राखेका थिए । जबकी नेयामर खुशीयाली मनाउने मुडमा भने थिएनन् । भेराट्टीले नेयमारलाई ताने पछी एमबाप्पेले पनि नेयमारलाई आफूतर्फ बोलाएका थिए । तर एकै छिनमा उनिहरु बिच केहि मनमुटाव भयो ।



Mbappe pushing Neymar out of the team photo after PSG win the Trophée des Champions 😅pic.twitter.com/aiQMCnV3Ru
— GiveMeSport Football (@GMS__Football) August 3, 2019
जब ट्रफीसँग फोटो खिच्ने समयमा भयो त्यती बेला भने एमबाप्पेले नेयमारलाई धकेल्दै टिमबाट बाहिर पठाएँ । उक्त भिडियो अहिले सामाजिक सन्जालमा भाईरल भएको छ भने एम्बाप्पेको कडा आलोचना भईरहेको छ । एम्बाप्पेले आफु भन्दा सिनियर खेलाडीलाई सम्मान गर्न नजानेको भन्दै उनको चर्को आलोचना शुरु भएको हो । एजेन्सी