साउन १९ एजेन्सी – स्पेनिस क्लब रियल बेटिसका लेफ्ट ब्याक जुनियर फिर्पो बार्सिलोना जाने पक्का भएको छ ।स्पेनिस पत्रीका मुन्डो डिपोर्टिभोका अनुसार फिर्पोलाई लिएर दुबै क्लब बिच सम्झौता भएको छ । स्रोतका अनुसार उनले आजै मेडिकल गर्न सक्नेछन् ।
उनलाई बार्सिलोनाले २५ मिलियन युरोमा क्लब भित्र्याउन लागेको हो । बार्सिलोनाले शुरुमा बेटिसलाई १७ मिलियन युरो तिर्नेछ । बाँकी ७ मिलियन भने पछी तिर्ने स्पेनिस संचारमाध्यमहरुले जनाएको छ । २२ बर्षिय युवा लेफ्ट ब्याक फिर्पोले आजै बेटिसका आफ्ना समकक्षी खेलाडी साथीहरु सँग बिदा लिनेछन् ।
बार्सिलोनाले केही समययता फिर्पोलाई भित्र्याउन चासो देखाएको थियो । उनले बेटिसको सिनियर टिमबाट एक सिजन खेलेका थिए । उनले बेटिसबाट ३८ खेलमा ५ गोल गरेका छन् । उनी बेटिसको जुनियर टिमबाट गत सिजन मात्रै सिनियर टोलीमा स्थान बनाउन सफल भएका थिए ।