अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा २० को मृत्‍यु, २६ घाइते

एटुजेड समाचार

 साउन १९ – अमेरिकाको टेक्सास स्थित इआई पासोमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको ज्यान गएको छ भने २६ जना घाइते छन् ।सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा अन्धाधुन्ध गोली चलेको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो । टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले सीसीटीभीमा कैद भएको डार्क टिसर्टर् र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको दृश्य प्रसारण गरेका छन् ।घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा उनी दल्लासका भएको खुलेको छ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु