भरतपुर,साउन १८ ‘ किस्ता किस्ता जिन्दगी ’ कविता संग्रहले जीवन को अस्तित्व खोजेको छ ।सम्पूर्ण किताबको आयोजनामा भएको ‘ किस्ता किस्ता जिन्दगी ’ कविता विमोचना कार्यक्रममा बोल्दै समिक्षक सुजता देवकोटाले कविताले जीवनको अस्तित्व खोजेको बताएकी छिन् । देवकोटाले कवितामा मानिसकोे जति अंहकार भए पनि आखिरी मृत्युसंगै मिल्ने कुरा उल्लेख गरेकी छिन् । उनीले कवितामा सरल स्पष्ट भाषा प्रयोग गरि लेखिएको कविता आफैमा पूर्ण रहेको र यसले आध्यात्मिक कुरालाई समेटिएको बताईन । देवकोटाले कविता सान्दर्भिक र मार्मिक रहेको बताइन ।
त्यसै गरी डा.एकनारायण पौडेल र जीवन युगिन दुवैले कविताको समिक्षा गरेका थिए । पौडेलले कवितामा विचार आकार मात्रै नभएर दार्शनिक पक्ष र सामाजिक विषयवस्तुको बारेमा बिस्तार गरिएको बताए । धेरै शास्त्रहरु समेटिएको कविताले जातिय विभेदलाई मात्र विश्लेषण नगरी सबै कुराहरुलाई समेटिएको पौडेलले बताए । युगिनले कवितामा चेतनाका कुराहरु समावेश गर्नुको साथै मौलिकत र उर्जाको बारेमा उल्लेख गरिएको बताए ।
आर.वी निश्चलको कविता सङ्ग्रह चिन्तन अस्तित्वको, कवि–पंक्षी पिँजडा, उत्कण्ठा मुक्तिको गरी तीन खण्डमा रहेको छ ।मञ्जरी पब्लिकेशनले प्रकाशन र टाइम्स क्रियसनले आवरण गरेको “किस्ता किस्तामा जिन्दगी” आर. वी निश्चलको ५ औँ कृति हो । उनले यो भन्दा पहिला मौन हिमाल, आँसु खस्दै गर्छ, पैताला पुकार कविता सङ्ग्रह र सपना फूल खण्डकाव्य सार्वजनिक गरिसकेका छन् । पाल्पामा जन्मेका निश्चल समाजमा जातिय विभेद अझै पनि कम नरहेको बताउन्छन ।सम्पूर्ण किताबका सस्थापक अध्यक्ष विजय विश्वकर्माले उद्घोषक गरेको कार्यक्रममा साहित्यकार लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।