माल्कम रसियन क्लबमा अनुबन्धित

एटुजेड समाचार

साउन १८ – गत सिजन मात्रै बार्सिलोना आएका माल्कम रसियन क्लबमा अनुबन्धित भएका छन् । बार्सिलोनामा एक सिजन बिताएका माल्कम रसियन क्लब जेनिथ सेन्ट पिटर्सबर्गमा अनुबन्धित भएका छन् । उनी ४५ मिलियन युरोमा बार्सिलोनाबाट पिटर्सबर्गमा अनुबन्धित भएका हुन् ।

उनलाई गत सिजन बार्सिलोनाले ४१ मिलियन युरो खर्च गरेर क्लबमा अनुबन्ध गरेको थियो । रोमा उनलाई अनुबन्ध गर्ने अन्तिम तयारीमा रहेको बेला बार्सिलोनाले हाइज्याक गरेको थियो । बार्सिलोनाबाट माल्कोमले एक सिजनमा २४ खेल खेलेका थिए । ला लिगाको १५, कोपा डेल रेको ६ र च्याम्पियन्स लिगको ३ गरी उनले कुल २४ खेल खेलेका थिए ।

माल्कमले बार्सिलोनाका लागि २४ खेलमा चार गोल गरे । उनले लिगमा एक कोपा डेल रेमा २ र च्याम्पियन्स लिगमा १ गोल गरेका थिए । उनले बार्सिलोनाबाट डेब्यु गोल भने च्याम्पियन्स लिगमा इन्टर मिलान बिरुद्दको खेलमा गरेका थिए । माल्कमले बार्सिलोनाबाट एक सिजनमा ला लिगा र सुपर कप गरी दुई उपाधी जितेका छ्न् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु