चितवन, साउन १८ – नेपाली युवा उद्यमी मन्च चितवनको कार्यालयको औपचारिक रुपमा उद्घाटन गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको परिसर भित्र रहेको कार्यालयको शुक्रबार साँझ विधिवत रुपमा औपचारिक उद्घाटन गरिएको हो । कार्यालयको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे ।
कार्यालय उद्घाटन गर्दै प्रधानले युवा उद्यमीहरुको लागि कार्यालय भरपुर प्रयोगमा आउन पर्ने बताए । उनले उद्योग वाणिज्य संघकै सोच अनुसार मन्चको स्थापना भएको भन्दै युवा उद्यमशिलताको लागि काम गर्न मन्चलाई आग्रह गरे । उनले मन्चलाई युवाहरुलाई उद्यमी बन्न सहयोग पुग्ने किसिमको कार्यक्रम गर्न आग्रह गरेका छन् ।


प्रधानले उवा संघ मन्चसँग सहकार्य गर्न हरपल तयार रहेको प्रतिबद्दता गरे । ‘उद्योग वाणिज्य संघकै सोच अनुसार मन्चको स्थापना हो उनले भने, तपाईहरु कार्यक्रम ल्याउनुस् हामी सहकार्य गर्न तयार छौ ।’ उनले मन्च र उवा संघको सहकार्यबाट कार्यक्रम गर्न सके आर्थिक समृद्दीको लागि टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
नेपाली युवा उद्यमी मन्च चितवनका अध्यक्ष दाताराम घिमिरेले निवर्तमान अध्यक्ष लगायतका कार्यसमितीको प्रयासमा बनेको कार्यालयको वर्तमान कार्यसमितीले उद्घाटन गरेको जानकारी दिए । कार्यालय स्थापनाको लागि निवर्तवान कार्य समितीको महत्वपूर्ण सहयोग रहेको भन्दै घिमिरेले सबैलाई धन्यवाद दिए । उनले बिगत देखी नै मन्चले युवा उद्यमीशिलताको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।
मन्चले बर्षमा कम्तीमा पनि १५ वटा कार्यक्रम गर्दै आएको बताउदै आगामी दिनमा अझ धेरै कार्यक्रम गर्ने प्रतिबद्दता गरे । उनले मन्च उवा संघकै अंग भएको सहकार्य गरेर अघी बढ्ने बताए । मन्चले क्षेमता अभिवृद्दीका कार्यक्रमहरु गर्ने उनले बताए । यो युवाहरुको मन्च भएकोले नयाँ तरिकाले कार्यक्रमहरु गरिने उनको भनाई थियो । गत बर्ष जस्तै मेड इन नेपाल कार्यक्रम यस बर्ष अझै वृहत तरिकाले गर्ने उनले जनाए ।मन्चका अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्चका संस्थापक अध्यक्ष निर्देश सेढाईले स्वागत मन्तब्य राखेका थिए ।