साउन १७, चितवन । घरजग्गाको कारोबार गर्ने संस्था सम्बृद्धि रियल स्टेटको शाखा अस्पताल रोड भरतपुरमा सञ्चालन आउने भएको छ ।
बैज्ञानिक प्रणाली र पश्चिमादेशको अभ्यास गर्दै क्रेता र बिक्रेताको मध्यस्थ कर्ता रहेर नयाँ ढंगले काम गर्ने गरी उक्त संस्था सञ्चालन ल्याउन लागिएको हो । आज संस्थाले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ । कम्पनीमा घरजग्गा, अपार्टमेन्ट, कोलोनी, परामर्श, लगायतका कारोबार गरिने बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका कार्यकारी निर्देशक शामसुर्य तामाङ्गले पश्चिम देशहरुमा गरिएको घरजग्गाको मापदण्ड एवं अभ्यासलाई पछ्याउंँदै देशका विभिन्न स्थानमा शाखा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार कम्पनीले घरजग्गा खरिद बिक्री, व्यवसायिक भवन तथा कम्प्लेक्स लिज तथा भाडा, पर्पटीको उचित मुल्यांकन, तालिम तथा परामर्शको सेवा दिइनेछ । कम्पनीले क्रेता र बिक्रेता बीच जिरो दशमलब ५ देखि ३ दशमलब ५ प्रतिशत मात्र फाईदा लिने उनले बताए । जसका कारण यस कारोबारमा कोही पनि नठगिउन भन्ने कम्पनीको उद्धेश्य रहेको छ ।
कम्पनीका भरतपुर शाखाका अध्यक्ष अर्जुन अधिकारीले घर जग्गा किन्ने तथा लिने ग्राहकको लागि पारदर्शी र सबैले छिटो र छरितो सेवा पाउन भन्ने उद्धेश्यले शाखा सञ्चालनको यो अवधारणा ल्याएको बताए ।
चितवन लगायत देशभरका व्यवसायीको संयुक्त प्रयासमा विभिन्न जिल्लामा यसको शाखा विस्तार गरिएको छ । चितवन यस कम्पनीको १० औं शाखा हो । कम्पनीको उद्धघाटन भोलि शनिबार प्रदेश मन्त्री दावा दोर्जे लामाले उद्धघाटन गरिने बताईएको छ ।

