साउन १७ – भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोमा को उत्कृष्ट भन्ने बिषयमा आफ्नो भनाई राखेका छन् । फुटबलका दुई महान खेलाडीहरु बारे बोल्दै उनले मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भएको बताएका छन् ।
खेल प्रती रोनाल्डोको लगाव र समर्पणका कारण उनी मेस्सी भन्दा उत्कृष्ट रहेको कोहलीको भनाई रहेको छ । ‘मलाई लाग्छ कि रोनाल्डोले मेस्सी भन्दा धेरै चुनौती लिएका छन् र उनी सफल पनि भएका छन् उनले भने, त्यसैले मेरो लागि रोनाल्डो नै उत्कृष्ट ।’ ‘मैले उनको मेहनत देखेको छु, उनलाई भेट्टाउन मुस्किल छ, उनी सबैलाई प्रेरित गर्छन् मलाई लाग्दैन कि सबैले त्यसो गर्छन् – कोहलीले थपे ।’


उनले रोनाल्डोमा कुशल नेतृत्व क्षेमता भएको पनि बताए । यद्दपी उनले आफुलाई मन पर्ने खेलाडीहरुमा रोनाल्डो सँगै मेस्सीको पनि नाम लिए । यस्तै उनले रोनाल्डिन्हो, ओलिभर कह्न, लुका मोड्रिच, आन्द्रेस इनिएस्टा र जाभी पनि आफुलाई मन पर्ने खेलाडी भएको बताए । उनले मेस्सी र रोनाल्डोले सन्यास लिए पछी एम्प्बाप्पे विश्वको उत्कृष्ट खेलाडी बन्ने बताए । एजेन्सी