सिएमसी अगाडि मोटरसाइकलको ठक्करबाट घाइते भएका सुनारको उपचारको क्रममा मृत्‍यु

एटुजेड समाचार

चितवन, साउन १७ – चितवनको भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका प्रदिप सुनारको उपचारको क्रममा मृत्‍यु भएको छ । बिहीवार हिजो चितवन मेडिकल कलेज अगाडि ना.४८प. ७०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका पैदालयात्री कालिका नगरपालिका ९ का १९ बर्षिय सुनारको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सुनारको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्ट मार्टमको लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बर्दिया गुलरिया नगरपालिका ८ का २२ बर्षिय अभिषेक शर्माको भने चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको टाउको हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु