साउन १७ – फिफा द बेस्ट अवार्डमा प्रिमियर लिग क्लबका खेलाडीहरुको वर्चश्व रहेको छ । सेप्टेम्बरमा घोषणा हुने अवार्डको मनोनयनमा प्रिमियर लिगका चार खेलाडीहरु रहेका छन् । भर्जील भान डाइक, साडियो माने, मोहम्मद सलाह र ह्यारी केन गरी चार प्रिमियर लिग क्लबहरु मनोनयनमा परेका हुन् ।
अवार्डको मनोनयनमा लिभरपुलका मात्रै ३ खेलाडी परेका छन् । लिभरपुलका भर्जील भान डाइक, साडियो माने र मोहम्मद सलाह मनोनयनमा परेका हुन् । यस्तै अर्को प्रिमियर लिग क्लब टोटेनह्यामबाट कप्तान ह्यारी केन यो मनोनयनमा परेका छन् ।
प्रिमियर लिगका मात्रै ४ खेलाडी यो लिस्टमा पर्दा पेरिस सेन्ट जर्मेन पिएसजीका ब्राजिलियन फर्वार्ड नेयमार भने परेनन् । विश्व फुटबलमा महान फुटबलरद्वय लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना परेका छन् ।यस्तै नेदरल्याण्ड्सका माथियास डि लाइट र फ्रेङ्की डि जोङ फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड अन्तिम १० काे सूचीमा परेका छन् ।
यस्तै प्रशिक्षकको अन्तिम मनोनयन पनि सार्वजनिक भएको छ । जसमाजसमा लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप, म्यान्चेष्टर सिटीका पेप ग्वार्दिओला, टोटनह्यामका माउरिसियो पोचेटिनो, अल्जेरियाका प्रशिक्षक जामेल बेल्मादी, फ्रान्सका डिडियर डेसच्याम्प, रिभर प्लेटका मार्सेलो गाल्लार्दो, पेरुका रिकार्डो गारेसा, आयाक्सका इरिक टेन हाग, ब्राजिलका टिटे र पोर्चुगलका फर्नाण्डो सान्टोस रहेका छन् । एजेन्सी