चितवन, साउन १५ – शिबहरि पौडेलेको निर्देशन रहने गरी ‘लक्का जवान’को अधिकारिक निर्माण घोषणा भएको छ ।बुधबार काठमाडौंमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष आथित्यतामा चलचित्रको घोषणा गरिएको हो ।चलचित्र ‘लक्का जवान’मा दीलिप रायमाझी र प्रियँका कार्कीको मुख्य भूमिका रहने छ ।
चलचित्रमा दीलिप, प्रियँकासँगै, सलोन बस्नेत, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सरोज खनाल, सुरेन्द्र केसी, शुशिल पोखरेल, बिनोद केसी, सावित्री गुरुङ, अँशु महर्जन, बिमला गिरी, यमन श्रेष्ठ, रमेश केसी मट्टारे सहितका कलाकारहरुको अभिनय रहने छ ।शिबहरि पौडेलले मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यलाई मुख्य कलाकारको रुपमा लिने भनेर सोही अनुसार स्कृप्ट लेखेका थिए । तर मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले नखेल्ने भएपछि उनीहरुको ठाउँमा किरण केसी र आफैंले अभिनय गर्ने भएका हुन् ।
चलचित्रमा हरिबँश आचार्यले निर्वाह गर्ने भनिएको भूमिकामा किरण केसीले तथा मदनकृष्ण श्रेष्ठले गर्ने भनिएको भूमिकामा शिबहरि पौडेल आफैंले अभिनय गर्ने भएका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले नखेल्नुको कारणबारे शिबहरि पौडेलले नै कार्यक्रममा यसरी प्रकाश पारे,‘दाईहरुले मह सञ्चारको व्यानर बाहिरको फिल्म खेल्दा अरु व्यानरबाट पनि फिल्म खेल्नु पर्ने दवाव आउने कारणले नखेल्ने भन्नु भयो ।
भदौको पहिलो साताबाट छायाँकन सुरु गरिने चलचित्र ‘लक्का जवान’ मा किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको चलचित्रमा नसुया श्रेष्ठ वन्त निर्मात्रीको रुपमा रहेकी । राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सह निर्माताको रुपमा रहेका छन् ।चलचित्रको प्रस्तुतकर्तामा ध्रुव पन्त रहेका छन् ।बाबुल गिरीको संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,मित्र डि. गुरुङको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहने छ । कमेडी जनराको यो चलचित्र आगामी चैत ७ गते रिलिज हुनेछ ।