चितवन प्रहरीको फन्दामा पर्दै जुवाडे, बुधवार थप ४ जना पक्राउ

एटुजेड समाचार

चितवन, साउन १५ – मंगलबार मात्र जुवा खेलिरहेको अवस्थामा २ लाख नगद सहित ११ जनालाई पक्राउ गरेको चितवन प्रहरीले बुधबार थप चार जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका १८ स्थित पावरहाउसमा रहेको अम्मर बहादुर गुरुङको डेरामा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई आज (बुधबार) अपरान्ह पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लुकीछिपी जुवा खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङको कमाण्डमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर १८ मा डेरा गरी बस्ने ३८ बर्षिय अम्मर बहादुर गुरुङ, सोही स्थानका ५९ बर्षिय बुद्द बहादुर तामाङ, ६४ बर्षिय तुलबहादुर गुरुङ र ५५ बर्षिय सन्त बहादुर गुरुङ रहेका छन् ।

उनिहरुलाई एक आपसमा बाजी राख्दै जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद १४ हजार ९ सय पचास, १ थान गलैचा र १५७ थान तास बरामत गरेको छ । पक्राउ परेका सबै माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु