योगेश भट्टराईले पर्यटनमन्त्रीको सपथ लिँदै

एटुजेड समाचार

काठमाडौं, साउन १५ – नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै ४ बजे शीतल निवासमा सपथ ग्रहण कार्यक्रम राखिएको छ । गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु