चितवनको ईच्छाकामना गाउँपालिकाको वडा कार्यालयमा तोडफोड

एटुजेड समाचार

चितवन, साउन १५ -चितवनको ईच्छाकामना गाउँपालिका वडा न २ को कार्यालयमा तोडफोड भएको छ । वल्र्याङमा रहेको सो वडा कार्यालयमा गएराति अज्ञात समुहले तोडफोड गरेको गाँउपालिकाको अध्यक्ष गिता कुमारी गुरुङले बताइन् ।

गुरुङका अनुसार कार्यालय भित्र रहेको टेबुल, कुर्सी लगायतका सामाग्रीहरु बाहिर फालीएको, कार्यालयका महत्वपुर्ण कागजातहरु च्यातिएको अवस्थामा रहेको छ । घटनास्थलमा विप्लव नेकपाको पर्चा फेला परेको स्थानियले बताएका छन । बिहान खवर पाएपछि इप्रका मुग्लिनबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । टोली पुगेपछि थप विवरण आउने प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु