नेपाली राष्ट्रिय फुटबल टिमका एथ्लेटिक्स ट्रेनर बिक्रान्त बर्खास्त

एटुजेड समाचार

काठमाडौं, साउन १५ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमका एथ्लेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई बर्खास्त गरेको छ । एन्फाको कार्य समितिको निर्णयले टिमका एथ्लेटिक्स ट्रेनर अधिकारीलाई बर्खास्त गरेको हो । यस्तै उसले गोलकिपर किरण चेम्जोङलाई अनुशासनमा रहन सचेत गर्ने निर्णय गरेको छ ।

विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोट तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको पहिलो दिननै कडा अभ्यास गराएको भन्दै खेलाडीले असन्तुष्टि जनाएका थिए ।

यसै विषयमा नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र ट्रेनर विक्रान्तबीच विवाद भएको थियो । विक्रान्तले किरणको अनुहारमा तातो चिया खन्याएपछि विवादले उग्ररुप लिएको थियो ।यो घटनाबारे छानविन गर्न एन्फाले सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको थियो । छानविन समितिले बुझाएको प्रतिबेदनको आधारमा विक्रान्तलाई बर्खास्त गरिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु