साउन १५ – स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै टोटेनह्याम आउदी कपको फाइनलमा प्रवेश गरेको छ । टोटेनह्यामले रियल म्याड्रिडलाई मंगलबार १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
टोटेनह्यामको जितमा कप्तान हेरी किनले गोल गरे । उनले खेलको २२ औं मिनेटमा गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बन्यो । गत सिजन खराब प्रदर्शन गरेको रियलले यस पटक प्रि सिजनमा पनि लगातार खराब प्रदर्शन गरिरहेको छ । चेल्सीबाट बेल्जियन स्टार इडन हाजार्जलाई भित्राएपनि उसले लागातार खराब प्रदर्शन गरिरहेको छ । एजेन्सी