काठमाडौं, साउन १५ – नुवाकोटको वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गरेका छन् ।नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेर नष्ट भएका छन् ।
ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।बम विस्फोट अहिले सम्म कसैले जिम्मा लिएको छैन । यद्दपी यस घटनामा विप्लव समूह संलग्नता रहेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


