काठमाडौं, साउन १४ – नेकपाका सांसद झपट रावलले दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस् भन्ने कडा अभिव्यक्ती दिएका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कडा अभिव्यक्ती दिएका हुन् । ‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ दिनको ,१० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्न पाइयोस – उनले भने ।’
सांसद डिला संग्रौला डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाईन् । ‘यस्ता निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन् , भोलि पनि घटिरहन्छन् भनेर गैह्जिम्मेवारी पूर्ण अभिव्यक्ति दिन मिल्छ ? – संग्रौलाले प्रश्न गरिन् । ‘कानुन आफ्नो हातमा लिएर बोल्दै जाने हो भने निर्मलाजस्ता हजारौ निर्मलाहरु बलात्कृत हुन्छन् । हामी कहाँ सुरक्षित हुन्छौ ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन ? – उनले थपिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरि संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिने पर्ने तर्क गरे ।