काठमाडौं, साउन १४ – साफ यू १५ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अगस्ट २१ बाट भारतमा शुरु हुने साफ यू १५ च्याम्पियनसिप फुटबलको खेल तालिका मंगलबार सार्वजनिक भएको हो ।
सार्वजनिक खेल तालिका अनुसार नेपाल र आयोजक राष्ट्र भारत पहिलो खेलमा नै आमने सामने हुने भएका छन् । नेपाल र भारत बिचको उक्त खेल उद्घाटन खेल हुनेछ । यस्तै दोस्रामा नेपालले श्रीलंकाको सामना गर्दा तेस्रो खेलमा बंगलादेश तथा अन्तिम खेलमा भुटानको सामना गर्नेछ ।
राउन्ड रोविनको आधारमा खेलाईने खेलबाट अंक तालिकाका शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि एक अर्काको सामना गर्नेछन् ।च्याम्पिनसिपमा नेपाल र भारत सहित बंगलादेश, श्रीलंका र भुटानको पनी सहभागिता हुँदा पाकिस्तान र माल्दिभ्सको भने छैनन् ।