काठमाडौं, साउन १४ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छिन् । उनलाई काठमाडौंको बूढानिलकण्ठबाट गरेको उच्च प्रहरी स्रोतले जनाएको छ।
विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा मंगलबार अपराह्न उपाध्यायलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ ।महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको उच्च प्रहरी स्रोतले बताएको छ । यसअघि प्रहरीले काठमाडौं उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो।

