६ महिनाको पढाई , बर्ष दिन बित्दा पनि रिजल्ट खोई ?

एटुजेड समाचार

चितवन, साउन १४ – यो कुनै सामान्य बिद्यालय नभएर नेपालको एक मात्र कृषि, पशु र बन विज्ञानको पढाई हुनी चितवन रामपुरमा अवस्थित कृषि तथा बन बिज्ञान विश्व विद्यालयको हो। बि. स. २०६७ सालमा ल्याण्ड ग्रयाण्ड मोडेलमा साबिक त्रिभुवन विश्व विद्यालय अन्तर्गत कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान र बन बिज्ञान संकाय, हेटौडालाई समाहित गरेर बनाइएको हो। यस विश्व विद्यालयमा कृषि, भेटेरिनरी,फरेस्ट्री र फिसरिज को स्नातक, स्नाकोत्तर र बिध्यबारिधि सम्मको पढाईको व्यवस्था छ।

बिश्वबिध्यालय कहिले राजनीतिक कुराले त कहिले निजि सम्बन्धनले विभिन्न समयमा मुछिदै आएको छ। तर यस सरकारी बिश्वबिध्यालयमा पढाई राम्रो हुन्छ भन्नि कथन जनमासमा पाइन्छ। यहाँ सेमेस्टर प्रणाली अनुसारको ( ६ -६ महिना) अध्ययन हुन्छ। स्नातक तहमा कृषि र फिसरिज मा ८, भेटेरिनरी मा १० तथा स्नाकोत्तर मा (सम्पूर्णमा) ४ सेमेस्टरमा पढाई भइरहेको छ। तर अपसोच बिद्यार्थीहरुले तोकिएको समयमा आफ्नो पढाई पुरा गर्न सकिरहेका छैनन। २०७३ माघ ५ गते भर्ना भइ थेरियो जेनोलोजी मा स्नाकोत्तर गरिरहेका विद्यार्थी गृहमणि नेपाल भन्छन, ” २ बर्ष को पढाई ४ बर्ष होला जस्तो भइसक्यो।

बिश्वबिध्यालयमा रहेका पदाधिकारी त केवल कहिले जाला घाम भनेर जागिर खाइरहेका छन्। न उनिहरुलाई कुनै जिम्मेवारी छ न कुनै विद्यार्थीको भबिस्यको चिन्ता छ, मात्र आफ्नो जागिर र सिमित स्वार्थ। नत्र भने परीक्षा भएको १३ महिना बितिसक्दा पनि किन रिजल्ट निकल्दैन त ?” आफ्नो थेसिसको सबै काम सकिसकेका नेपाल थप्छन,” सेकेन्ड सेमेस्टर को परीक्षा भएको १३ महिना भइसक्यो , अझै रिजल्ट आएको छैन, थर्ड सेमेस्टर को रिजल्ट हुनी झन् कैले हो ? दुवै सेमेस्टर को रिजल्ट नआइ थेसिस डिफेन्स गर्न पाईदैन। यो तालले त ४ वर्ष नै लाग्नी भयो मास्टर्स सक्काउन। ” कुन समयमा म यहा पढन आएछु भनेर पछुतो मानेका उनि लगायत सयौ विद्यार्थीहरु आज उक्त बिश्वबिध्यलायमा अध्यनरत छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु