चितवन, साउन १४ – बलिउड र हलिउडको कारण नेपाली चलचित्रलाई बेला बेलामा निकै असर पर्ने गरेको छ । बलिउड र हलिउडको फिल्मले नेपाली चलचित्रको ब्यापारमा पनि राम्रै असार पार्ने गरेको छ । बलिउड र हलिउडका प्रतिक्षित फिल्म प्रदर्शन हुने दिन नेपाली निर्माताहरु आफ्नो फिल्म हल छिराउन मान्दैनन् ।
सामान्य अर्थमा भन्न पर्दा बलिउड र हलिउडका प्रतिक्षित फिल्म सँग नेपाली निर्माताहरु डराउने गर्दछन् । नडराउन पनि कसरी जब कि नेपालमा उनिहरुकै असर राम्रो देखिन्न । कुनै पनि निर्माता आफ्नो लगानीमा पानी हाल्न चाहदैनन् ।



हालै मात्र पनि पाका निर्देशक बिकासराज आचार्यले दक्षिण भारतीय फिल्मको कारण ‘हजार जुनी सम्म’ को प्रदर्शन मिती फेरबदल गरे । सुरुमा उनले श्रावण ३० गतेलाई ‘हजार जुनी सम्म’ को रिलिज डेट लक गरे । प्रभासको ‘साहो’ श्रावण ३० मै रिलिज हुने भएपछी आचार्य पछे हटे । तर पछी ‘साहो’ श्रावण ३० बाट भाद्र १३ मा सरे पछी आचार्यले ‘हजार जुनी सम्म’ लाई फेरी पुर्व निर्धारित मिती अर्थात श्रावण ३० मै फर्काए ।
यस्तै ‘साहो’ कै कारण अर्को नेपाली चलचित्र पनि पछी हट्यो । सुपर डुप्पर हिट नेपाली चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ पनि पुर्व घोषित मितीबाट पछी हट्यो । ‘कबड्डी कबड्डी कबड्डी’ ले तोकेको मितीमा ‘साहो’ रिलिज हुने भए पछी प्रदर्शन मिती भाद्र १३ बाट असोज ३ मा पुग्यो ।
निर्माण टिमले प्रदर्शन मिती पोष्टपोन्ड हुनुको पछाडी प्राविधिक कारण भएको बताएको छ ।तर कुरा प्रष्ट छ कि ‘साहो’ नै त्यो कारण हो जसले गर्दा ‘कबड्डी कबड्डी कबड्डी’ २० दिन पछी सर्नु पर्यो । ‘साहो’ भाद्र १३ मा आउने भनी घोषणा भए लगत्तै ‘कबड्डी कबड्डी कबड्डी’ पछी सर्ने चर्चा शुरु भईसकेको थियो । अन्तत त्यस्तै भयो । ‘साहो’ को प्रभाव यतीमा मात्र सिमित छैन । अब सोही मितीमा रिलिज हुने भनिएको अर्को नेपाली चलचित्र ‘मारुनी’ ले के गर्ला भन्ने चर्चा शुरु भएको छ ।
‘मारुनी’ ले पनि यस अघी नै भाद्र १३ लाई प्रदर्शन मिती तय गरिसएको छ । ‘मारुनी’ अर्को नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सँग जुध्न तयार थियो । तर के अब ‘साहो’ सँग पनि जुध्ला त ? यो चर्चाको बिषय बनेको छ । ‘मारुनी’ का निर्देशक नवल नेपालले आफ्नो चलचित्रको मितीमा १० वटै नेपाली चलचित्र आए पनि पछी नहट्ने बताएका थिए । तर के ‘साहो’ आउँदा पनि उनी पछी नहट्लान त ? यो बिषय बढो रोचक बनेको छ । चलचित्रको ट्रेलर रिलिज हुन बाँकी रहेको छ र त्यस बेला सम्म प्रदर्शन मिती फेरबदल हुन पनि सक्नेछ । राम बाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’ पछी हटिसकेको अवस्थामा ‘मारुनी’ पनि पछी हट्न सक्नेछ ।
एक त प्रतिक्षित भारतीय फिल्म सँग नेपाली फिल्म एक साथ हल छिरेको कमै मात्र देखिन्छ । अझ भनौ यो अपबाद जस्तै हो । त्यही माथि प्रभास अभिनित दक्षिण भारतिय फिल्म ‘साहो’ । प्रभास त्यही अभिनेता हुन् जसले ‘बाहुबली’ र ‘बाहुबली २’ जस्ता किर्तिमानी फिल्म गरेका छन् । प्रभासको फिल्म भन्ने बित्तिकै दर्शकको भिड थामी नसक्नु हुन्छ । यस्तोमा ‘कबड्डी कबड्डी कबड्डी’ ले रिक्स मोल्न नचाहदा ‘मारुनी’ ले रिक्स मोल्छ त ?
हुन त नवल नेपाल आँफैमा राम्रो निर्देशक हुन् । चलचित्रकी मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाहको क्रेज पनि राम्रै छ । तर प्रभासको ‘साहो’ सँग जुध्दा कतै ‘मारुनी’ लाई पछी पछुतो पो हुने हो कि ? जे होस् ‘मारुनी’ लाई हाम्रो शुभकामना ।