अपेक्षा र जिबीको ‘माइतीको देशैमा’ सार्वजनिक (भिडियो सहित)

एटुजेड समाचार

चितवन, साउन १३ – अपेक्षा गिरी र जिबी सुनारको स्वरमा सजिएको नयाँ तीज गीत सार्वजनिक भएको छ । साहारा फिल्म्स एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतीमा अपेक्षा र जिबीको नयाँ तीज गीत ‘माइतीको देशैमा’ सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा जिबी सुनारकै शब्द संगीत रहेको छ भने महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको छ । गीतमा तीजमा चेलीहरुले झेल्नु पर्न मर्मलाई उठान गरिएको छ । बर्ष दिनमा आउने तीजमा माइती जान नपाउदाको पिडा तीजमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा अप्सना थापा, सुन्दर डल्लकोटी र जिबी सुनार फिचर्ड रहेका छन् । चितवनको बिभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई शिवन पोख्रेलले निर्देशन गरेका हुन् । महेश महराले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=XsaCAfY6V0Y

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू