‘केजीएफ २’ मा संजय दत्तको खतरनाक लुक्स

एटुजेड समाचार

साउन १३ – साउथ सुपरस्टार यश अभिनित ब्लकबस्टर कन्नड फिल्म केजीएफको दोस्रो भागमा संजय दत्त महत्वपूर्ण भूमिकामा हुनेछन् । ‘केजीएफ २’ मा संजय दत्तको फस्टलुक सार्वजनिक भएको छ । आज २९ जुलाइमा संजयको जन्मदिनको अवसर पारेर पहिलो पोस्टर रिलिज भएको हो । यो फिल्ममा संजयले अधीराको भूमिका निभाउनेछन् । अधिराको लुकको एक स्केच जारी भएको छ ।

गत वर्ष रिलिज भएको केजीएफ १ ब्लकबस्टर फिल्म थियो । यो फिल्मले विश्वभरबाट करिब २५० करोड कमाएको थियो  यो फिल्म कन्नडमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको थियो । यसको सिक्वेल बाहुबलीजस्तै पहिल्यै योजना बनाइसकिएको थियो । फिल्ममा साउथ सुपरस्टार यश मुख्य भूमिकामा छन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु