चितवन, साउन १३ – गोहीको आक्रमणबाट चितवनको माडीमा एक जना घाईते भएका छन् । माडी नगरपालिका १ रिउ खोलामा भैंसी चराउन गएका माडी पाण्डवनगरका २३ बर्षिय सुर्य बोट गोहीको आक्रमणबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रिउ खोलामा भैंसी चराउने क्रममा उनलाई गोहीले आक्रमण गरेको हो । गोहीले आक्रमणबाट घाईते भएका बोटलाई उपचारको लागि भरतपुर सरकारी अस्पातल ल्याईएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।

