चितवन, साउन १३ – शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनले आयोजना गरेको शैक्षिक मेला सम्पन्न भएको छ । आज भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न भएको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०१९’मा ४५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए।
उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुको लागि लक्षित गर्दै यो मेलाको आयोजना गरिएको हो ।मेलामा विद्यार्थीहरु भन्छन ” पहिलो पटक भिजिट गर्न पाउदा खुशी भएका छौ , अष्ट्रेलियाको संस्कृति,कानुन एवं पार्टटाइम जबका बारेमा जानकारी पाएका छौ ।


त्यँहाको विश्वविद्यालयमा कस्तो पढाई हुने जस्ता कुराको बारेमा थाहा पाउदा उत्साहित भएका छौ । धेरै कुराहरुको बारेमा जानकारी साथै सिक्न पाईएको छ ।” यो मेला पृथक तरीकाले आयोजना गरिएको हो ।संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलका अनुसार शैक्षिक मेलामा ११ भन्दा बढी विश्व विद्यालयका प्रतिनिधिहरुले परामर्श दिएको र अन्य कलेजका प्रतिनिधिहरु पनि सहभागी रहेका बताए ।
विद्यार्थीहरुलाई सही परामर्श दिएर सही गन्तव्य छनौट गर्न सजिलो हुने हेतुले मेलाको आयोजना गरिएको प्रबन्धक पौडेलले बताए । मेलामा उच्च शिक्षा अध्ययनको लागि डकुमेन्टस र मापदण्ड पुरा भएको खण्डमा स्पट एडमिसन समेत गरिएको पौडेलले जानकारी दिए ।
शैक्षिक मेलामा विद्यार्थीलाई थप सेवा दिनुको साथै बैक ऋण सम्बन्धी परामर्श समेत दिएको थियो । मेलामा बिभिन्न ५ बैँकका स्टल समेत रहेका थिए । विद्यार्थीले बैंकका प्रतिनिधिसंँगै शैक्षिक ऋणका बारेमा प्रत्यक्ष रुपमा परामर्श एवं जिज्ञासा राखेका थिए । मेलामा सहभागी विद्यार्थीहरुलाई भाषा सम्बन्धी आइएलटिएस, टोफेल, पिटीई कक्षामा लक्की ड्र मार्फत बिशेष छुट दिएको थियो। साथै संस्थाले सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरेको थियो ।