बंगलादेश बिरुद्दको ३ एकदिवसीय सिरिज एक खेल अगावै श्रीलंकाको पोल्टोमा

एटुजेड समाचार

साउन १३ – दोस्रो खेलमा ७ विकेटको जित हात पार्दै श्रीलंकाले बंगलादेश बिरुद्दको ३ एकदिवसीय क्रिकेट सिरिज एक खेलअघि नै कब्जा गरेको छ । ३ एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा श्रीलंका ७ विकेटले बिजयी भयो ।

आर प्रेमादसामा स्टेडियममा बंगलादेशले दिएको २३९ रनको लक्ष्य श्रीलंकाले ३२ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । श्रीलंकाको जितमा अभिस्का फर्नान्डो र एन्जेलो म्याथ्युजले अर्धशतकिय पारी खेले । ७५ बल खेलेका ओपनर फर्नान्डो ८२ रन बनाएर आउट भए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

म्याथ्युज ५२ रनमा नट आउट रहे । उनले ५७ बलमा ७ चौका प्रहार गरे । यस्तै कुशल मेन्डिसले नट आउट ४१ रन बनाए भने कुशल परेराले ३० रन बनाए पेभिलियन फर्किए । कप्तान डिमुथ करुनारत्ने १५ रन बनाएर आउट भए । बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २३८ रनको बनाएको थियो । उसका लागि मुश्फिक्युर रहिमले नट आउट ९८ रनको सानदार पारी खेलेका थिए । उनले ११० बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

मेहिदी हसन मिराजले ४९ बलमा ४३ रन बनाए । अन्य ब्याट्सम्यानले खास्सै कमाल गर्न सकेनन् । श्रीलंकाका नुवान प्रदीप, इसुरु उडाना र अकिला दनन्जयले समान २-२ विकेट लिए ।यसअघि पहिलो खेल श्रीलंकाले ९१ रनको फराकिलो अन्तरले जितेको थियो । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु