नेपालमा हेपाटाइटिस ‘बी’ नियन्त्रणमा आएकाे विश्व स्वास्थ्य संगठनकाे पुष्टि

एटुजेड समाचार

काठमाडौं, साउन १३ – नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले हेपाटाइटिस ‘बी’ नियन्त्रणमा ल्याएर स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हात पारेका छन् ।सुषुप्त मृत्यु रोगका रुपमा रहेको हेपाटाइटिस बी लाई पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरी नेपाललगायतका यी देशले नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

हेपाटाइटिसको खोप बालबालिकालाई निःशुल्क उपलब्ध हुने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस खोपको पहुँच ९० प्रतिशत भन्दामाथि रहेको छ । खोपले बालबालिकामा डरलाग्दो सङ्क्रमण, कलेजोको क्यान्सर तथा सिरोसिसको जोखिम घटाउने चिकित्सकहरुले जनाएका छन् ।  रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु