अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १३ औं संस्करण अमेरिकामा

अमेरिका,साउन ९ – गतवर्ष इटहरीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १३ औं संस्करण अमेरिकामा हुने भएको छ । १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता अमेरिकाको मिशिगनमा हुने भएको छ । इस्टन मिशिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको हो ।
हरेक २ वर्षमा हुने यो प्रतियोगिताका निर्देशक दिवाकर डान महर्जन हुन् । सन् २००० देखि ग्रयाण्डमास्टर महर्जन रहदै आएका छन् ।
गतबर्ष पूर्वी नेपालको इटहरीमा दर्जन देशका ७ सय बढी खेलाडीको सहभागितामा १२ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो ।प्रतियोगितामा विश्वभरका नेपाली तेक्वान्दो खेलाडीहरुका साथमा अन्य देशका तेक्वान्दो खेलाडीहरुले समेत भाग लिदै आएका छन् ।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता पोर्टल्याण्ड अमेरिकाको मुख्य आयोजनामा हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया