राहदानी लिने कमी भएसंँगै राजश्व संकलन घट्यो

सूर्यप्रसाद अधिकारी साउन ९, चितवन । केहीबर्ष अघिदेखि जिल्ला प्रशासन कार्यालय, चितवनबाट राहदानी लिनेको ंसख्या कमी भएसंँगै राजश्व संकलन पनि घटेको छ ।
बिशेषगरी रोजगारको लागि खाडी मुलुकमा जाने कामदारको सख्या घटेसंँगै राजश्व संकलनमा समेत असर परेको हो । खाडी मुलुक जाने कामदार संख्या कम भएपनि विकसित मुलुक र घुम्न जाने नेपालीको संख्या भने बृद्धि हुदै गईरहेको कार्यालयले बताएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७३, ०७४ मा १४ हजार ७ वटा राहदानी वितरणबाट बाट ७ करोड ४५ लाख ८० हजार रुपैयांँ राजश्व संकलन भएको थियो । यसैगरी आर्थिक बर्ष ०७४, ०७५ मा ६ करोड ९८ लाख ५० हजार रुपैयांँ संकलन भएको थियो । उक्त बर्ष १३ हजार ४ सय ४२ जनाले राहदानी लिएका थिए । जसमध्ये सो बर्ष १२ हजार २सय ३३ नयांँ राहदानी लिने, ४सय ५४ जना नाबालक र ७ सय ५५ जनाले हराएको राहदानी सट्टा नयांँ लिएका थिए ।
कार्यालयले द्रुतसेवा लिनेहरुको लागि राहदानी विभाग, काठमाडौंमा पठाउने गरेको छ ।जसअनुसार यो बर्ष कार्यालयले ३हजार१सय ४७ जनालाई द्रुत सेवा दिएको थियो । तर गतबर्ष भने राहदानी लिने को संख्या केही बढेपनि राजश्व संकलन भने घटेको देखिएको छ । जस अनुसार १३ हजार ४सय ६७ राहदानी वितरण गरिएको मध्ये १२ हजार २ सय ४६ जना नयांँ , नाबालक राहदानी वितरण ५ सय ४८, र हराएका राहदानी ६सय ७३ को लागि नयांँ राहदानी वितरण गरिएको थियो । जसअनुसार यो बर्ष ३ हजार ४५ जनाले द्रुत सेवा लिएका छन ।
कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले रोजगारका लागि विदेश जाने कामदारको संख्या घट्दै गएका कारण राहदानी लिनेको संख्या मा कमी आएको बताउंँनुहुन्छ । ‘अघिल्ला बर्षहरुमा रोजगारको लागि बढी खाडी मुलुक जान्थे, उहांँले भन्नुभयो , अहिले विकसित मुलुकमा पढ्न जाने र घुम्न जानेको संख्या बढेको छ ।’ उहांँका अनुसार विकसित मुलुकमा गएर उतै स्थापित हुने संख्या बढ्दै गएको र खाडी जाने अधिकांश युवाले यही स्वरोजगार हुने गरेकोले पनि राहदानी लिनेको संख्यामा कमी आएको हो । कार्यालयले सामान्य नयांँ पासपोर्ट लिनेलाई ५हजार , नाबालकको हकमा २ हजार ५सय र हराएका राहदानीवहाकलाई १० हजार रुपैयांँ शुल्क लिएर नयांँ राहदानी दिने गरेको छ ।
तपाइँको प्रतिक्रिया