तनाव व्यवस्थापनको लागि कांँग्रेसको योग शिविर शुरु

साउन ८,चितवनः नेपाली काँग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि आज देखि भरतपुरमा राजयोग शिविर संञ्चालन गरेको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अध्यक्षतामा शिविर सुरु गरिएको हो ।
पछिल्लो तनावका कारण समाजमा हुने सामाजिक घटना तथा व्यस्ततालाई व्यवस्थापन गर्न र आँफुलाई असल नेताको रुपमा उभ्याउन सहज हुने भन्दै यो सिवि संञ्चालन गरिएको बताइएको छ । तनावले कसैलाई पनि फाईदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिंगो पार्टी संगै देश वनाउन लाग्नु आवश्यक रहेको सभापति श्रेष्ठले बताए ।
वाह्य तथा आन्तरीक तनावका कारण मानव जिवन दुखमय वनेको सो अवसरमा जानकारी दिईएको थियो । व्रह्मकुमारी राजयोग सेवाकेन्द्रको सहआयोजनामा गरिएको कार्यक्रममा वोल्ने वक्ताहरुले राजनीतिलाई तनावले आफूलाई समस्यामा पारेको वताएका थिए ।
तनावलाई व्यवस्थापन गर्न सकेमा मानव जिवन सुखमय बनाउन सकिने उनीहरुको भनाई थियो । ्
भोलि सम्म चल्ने सो कार्यक्रममा करिव १ सय ५० जना नेता तथा कार्यकर्ता सहभागि रहेका थिए । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्रह्मकुमारी शर्मीला लगायतले वोल्नु भएको थियो । कार्यक्रममा वह्मकुमारी राजयोग केन्द्रका राजु घलेले प्रशिक्षण दिनु भएको थियो ।
तपाइँको प्रतिक्रिया