बालिकालाई ८ दिन देखी बन्धक बनाएर बलात्कार गर्ने शिक्षक पक्राउ

विराटनगर, साउन ०८ – १४ वर्षीया बालिकालाई बन्धक बनाएर जबर्जस्ती करणी गर्ने एक जना शिक्षकलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।उदयपुर बस्ने १४ वर्षीय एउटी बालिकालाई कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइड डिहिगोपाटनको द कन्ट्री यार्ड होटलको एउटा कोठामा बन्धक बनाएर बलात्कार गर्ने मोरङको विराटनगर घर भइ उदयपुरकाे चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षक कानोडियाले ती बालिबालिकासँग सँग भएको मोबाइल फोन नियन्त्रणमा लिएर अभिभावकसँग सम्पर्क गर्न नदिइ बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।उनले गएको ८ दिनदेखि होटलको कोठामा राखेर बालिकालाई जबर्जस्ती करणीसमेत गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शिक्षक कानोडियालाई पक्राउ गरी थप कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया