व्यक्तित्व र उद्यमशीलताको विकास गर्न ‘बोष्टन फियस्ता’

साउन ८, चितवन । भरतपुरमा रहेको बोष्टर्न इन्र्टनेशनल कलेज को व्यवस्थापन र त्यहांँ अध्ययनरत विद्यार्थीहरुको आयोजनमा बोष्टन फियस्ता २०७६ हुने भएको छ । विद्यार्थीहरुलाई अध्ययनको अतिरिक्त व्यत्तित्व र उद्यमशीलताको विकास गर्ने उद्धेश्यले फियस्ताको आयोजना गरिएको हो । यही साउन १० गतेदेखि १२ सम्म चल्ने फियस्तामा विभिन्न सामाजिक स्टल, सांस्कृतिक कार्यक्रम र खानाका स्टलहरु राखिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कलेजका एशोसियट डाइरेक्टर पुष्पराज अधिकारीले विद्यार्थी आफूले अध्ययन गरेको सैदान्दिक ज्ञानको साथै व्यवहारिक एवं अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने उद्धेश्यले फियस्ता आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसबाट विद्यार्थीको व्यक्तित्व, नेतृत्व एवं उद्यमशीलताको विकास हुन्छ उनले भने, साथै बोष्टन कलेजलाई चिनाउन समेत सहयोग पुग्नेछ ।’ उनका अनुसार सामाजिक उत्तर दायित्व बहन अन्र्तगत विद्यार्थीहरुले विभिन्न सामाजिक कार्य रहेको र यस्ता कार्यलाई थप प्रभावकारी बनाउन बोष्टन फियस्ताको आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै फियस्ताका इभेन्ट मेनेजर सौरभ रिजालले यहांँ अध्ययनरत विद्यार्थी र जिल्लाका अन्य १४ कलेजका विद्यार्थी वीच ज्ञान आदान प्रदान गर्ने उद्धेश्यले फियस्ताको आयोजना गरिएको बताए । उनका अनुसार कलेज परिषर भित्र सबै स्टल गरी ३५ वटा स्टल रहनेछन । जसअनुसार १० वटा खानाका स्टल, उद्यमशीलता सम्बन्धी स्टल, व्यवसायिक स्टल, करियर काउन्सिलिङ स्टल , सामाजिक कार्य सम्बन्धी स्टल लगायत रहनेछ । कलेजले विभिन्न विधामा बिद्यार्थीलाई सक्रिय बनाउन दशवटा क्लब गठन गर्ने समेत तयारी गरेको छ ।
इभेन्टका संयोजक सुवास अर्यालले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै फियस्ताको आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रमलाई थप आर्कषण मनोरञ्जन गर्ने उद्धेश्यले विभिन्न राष्ट्रिय कलाकारहरु प्रकाश सपुत , कमल खत्री,सिम्रन पाण्डे, सुगारिका केसी लगायतको प्रस्तुती रहनेछ । कार्यक्रम अवलोकनको लागि प्रतिव्यक्ति १सय ५० रुपैयांँ टिकटको व्यवस्था गरिएको छ । फियस्ता सम्पन्न हुनको लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । फियस्ताबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने कलेजले जनाएको छ । कलेजमा हाल स्नातक तहमा बिबिए,बिबिए बिआई,बिसिआइस, एमबीए तहका कक्षाहरु सञ्चालन हुदै आएका छन ।
तपाइँको प्रतिक्रिया