‘छाप्रो नं. ५५’ले पायो अनेसास डायस्पोरा पुस्तक पुरस्कार २०१९

अमेरिका,साउन ८ – ‘छाप्रो नं. ५५’ (उपन्यास) लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले अनेसास डायस्पोरा पुस्तक पुरस्कार २०१९ प्रदान गर्ने भएको छ ।अनेसासले आइतबार (जुलाई २१) मा पत्रकार सम्मेलनमा वोर्ड अफ ट्रस्टीज पुरस्कार समितिका अध्यक्ष डा.गोपी उप्रेतीले अमेरिकाको भर्जिनियामा पुरस्कारको नतिजा प्रकाशित गरेका हुन् । अनेसासले अरू विधाका पुरस्कारको घोषणा गर्दा नेपाली-भाषी साहित्य युवा लेखक रमेश दियालीको यो उपन्यास पनि छानिएको हो ।
अनेसासले पुरस्कार आदिकवी भानु भक्तको जन्म जयन्तीमा घोषणा गरेको छ । लक्ष्मी प्रसादको जन्म जयन्तीको दिनमा भव्य समारोहका बीच वासिङटन डीसीमा वितरण हुने उप्रेतीले बताए । अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार’ को राशी १ हजार १ सय डलर रहेको र सन् २०१७ जनवरी १ देखि सन् २०१८ डिसेम्बर ३१ मा प्रकाशित विभिन्न विधाका १ सय ३६ पुस्तक दर्ता भएकोमा १४ मूल्याङ्कनका लागि अयोग्य ठानिएको उप्रेतिले जानकारी दिए ।
दियालीको उपन्यास “छाप्रो नम्बर ५५” भुटानी शरणार्थीहरुले भोकेका कष्टकर जीवनको कथाहरुको साथै नेपालमा भुटानी शरणार्थीको अवस्थाको बारेमा यर्थाथ कुराहरु समावेश गरिएको छ । उपन्यासमा नेपालमा भुटानी शरणार्थीहरुको भाषाशैली, रहनसहन, धर्मसंस्कृृती, जस्ता कुराहरु समेटेको छ । दियालीको यो पहिलो उपन्यास हो । उनले यो उपन्यासबाट धेरै प्रेरित र उत्साहित भएको बताए । उपन्यासमा नेपालीभाषाको शब्दमा स्पष्ट रहेको रुपमा रहेको छ । सामाजिक भाषिक कुराहरुको बारेमा विश्लेषण भएको उपन्यासमा हुनुपर्ने कुराहरु राम्रो संग समेटिएको छ ।
साना झुपडिमा बसेका अधिकांश मान्छेहरु खानाको लागि ज्यादै मेहेनत गरेका, कसैले कपडा सिलाएका, बासका चोयाहरु बनाएका, मजदुर गरेका,डाला डोको नांला बनाएका कुराहरु उपन्यासमा व्याख्या गर्नु साथै हावापानी पर्दा छानो उडाई दिएका, महामारी रोगहरु लाग्दा औषधीमूलक नपाएर कत्तिले ज्यान गुमाउनु परेका, आगोलागी भएर छाप्रोहरु जलेका जस्ता समस्याहरु भुटानी शरणार्थीहरुले झेल्नु परेका कुराहरु उपन्यासमा उल्लेख गरिएको छ ।
यसको प्रकाशन मञ्जरी पब्लिकेशन, काठमाडौंले गरेको हो । आवरण रंगीन छ र टाइम्स क्रियशन, काठमाडौंले सजाएको छ । सोह्र (१६) अध्यायमा बाडिएको उपन्यासको मूल्य नेपाली रूपैयाँ ३१५ छ । पुस्तक छ हजार प्रती छापिएकोमा सबै पुस्तक सकिएको छ । अब दोस्रो संस्करण छिट्टै छापिने दियालीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले “छाप्रो नं ५५” लगायत अरु सात पुस्तकहरुलाई पनि पुस्तक पुरस्कार २०१९ प्रदान गर्ने भएको छ ।
तपाइँको प्रतिक्रिया