कप्तान मल्लको बिष्फोटक ब्याटिङमा नेपालको फराकिलो जित

साउन ०८ – कप्तान ज्ञानेन्द्र मल्लको बिष्फोटक ब्याटिङ मद्दतमा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
पारस खड्काको अनुपस्थितिमा नेपालको कप्तानी सम्हालेका मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रनको अर्धसतकिय पारी जितको आधार बनाए । यो संगै मल्ल सबै भन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । उनले केबल २१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
तपाइँको प्रतिक्रिया