‘सुपर ३०’ : १० दिनमा सय करोडको ब्यापार
साउन ०८ – बलिउड अभिनेता ऋतिक रोशनको चलचित्र ‘सुपर ३०’ सय करोड क्लबमा प्रवेश गरेको छ ।प्रर्दशनको पहिलो सातामा ७५ करोड व्यापार गरेको थियो भने १०औं दिनमा एक सय करोड भन्दा माथि को व्यपार गरेको छ ।चलचित्रले ११ औं दिन सम्म १०४.१८ करोड कमाएको छ ।
भारतका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित यो फिल्मलाई विकास बहलले निर्देशन गरेका हुन् । ऋतिक रोशनको क्रिस ३, ब्याङब्याङ पछि राम्रो कमाउने फिल्मको सुचिमा सुपर ३० परेको छ । फिल्ममा ऋतिकले एक जना शिक्षकको भूमिका निर्वाह गरेको छन् । वास्तविक कथामा आधारित भएर पनि फिल्मलाई दर्शकले मन पराएका छन् ।
चलचित्रमा ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साधसहित विभिन्न कलाकार छन् । यो फिल्म सन्देशमूलक भएकै कारण बिहार, उत्तरप्रदेश र राजस्थान सकारले ट्याक्स फ्रि गर्ने भएको छ ।
सुपर ३० फिल्म करिव १ सय १५ करोड भारुको लागतमा तयार पारिएको हो । ४५ करोड भारु प्रोडक्सन लागन हो । ४५ करोड भारु ऋतिक रोशनको पारिश्रमिक हो भने २५ करोड भारु प्रचार प्रसारमा खर्च भएको थियो ।एजेन्सी
तपाइँको प्रतिक्रिया