टेलिकम वर्कसले मनायो स्थापना दिवस

चितवन, साउन ०७ – नेपाल टेलिकम वर्कस युनियनको २८ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ । टेलिकम चितवन इकाई समितिले कार्यालय परिसरमा वृक्षारोपण गरेको छ । फलफुलका बिरुवा रोपिएका छन् । त्यस्तै भरतपुरमा रहेको अनाथ आश्रम आमाको माया छात्राबासमा २ दिनको खाना खुवाइएको उपाध्यक्ष सुरेश अधिकारीले जनाकार दिए ।
टेलिकम कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ । युनियनका केन्द्रीय सदस्य राजेन्द्रबहादुर श्रेष्ठ, कार्यालय प्रमुख दिपककुमार साह, नेपाल राष्ट्रिय दुरसञ्चार कर्मचारी संगठनका इकाई अध्यक्ष निलकमल बुर्जामगरले शुभकामना दिए । कार्यक्रम इकाई अध्यक्ष शर्मिला खनालको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया