बाढी र पहिरोमा परी गुल्मीमा ६ जनाको मृत्यु

गुल्मी, साउन ०७ – बाढी र पहिरोमा परी गुल्मीमा ६ जनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका लिम्घाको भिरकुनामा ४ र सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकको कसिनथला २ गरी ६ जनाको ज्यान गएको हो ।भिरकुनामा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । थप बिबतरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सत्यवती गाउँपालिका–३ मा पहिरोले घर भत्किँदा २ जनाको ज्यान गयो । मृत्यु हुनेहरुमा ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँका ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको छ । यस्तै २ जना गम्भिर घाइते भएका छन् । उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा ११ जनाको टोली तम्घासबाट घटनास्थलतर्फ गए पनि पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।
तस्बिर : सांकेतिक
तपाइँको प्रतिक्रिया