‘विप्लव’ का म्याग्दी इञ्चार्ज र सेक्रेटरी पक्राउ

म्याग्दी, साउन ०७ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्य पक्राउ परेका हुन् ।
प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार साँझ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित नयाँपुलबाट पक्राउ गरेको हो ।पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसैगरी गएको फागुन ११ गते राति म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ध१प २१७० नम्बरको यामाहा मोटरसाइकल र तीन ओटा मोबाइल सेट बरामद गरेको छ ।
तपाइँको प्रतिक्रिया