महिलाहरुलाई गुडिया तथा कुशन बनाउन सिकाउदै पन्त

चितवन, साउन ०६ – ग्रिनल्याण्ड पब्लिक स्कुल भरतपुर – १२ मा ७ दिने गुडिया तथा कुशन बनाउने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । मिसेस चितवन २०१९ थर्ड रनर अप प्रतिक्षा पन्तले आयोजनामा आइतबारबाट शुरु भएको कार्यक्रम सोमबार दोस्रो दिनमा प्रवेश गरेको छ ।
महिलाहरुलाई सिप सिकाई दक्ष बनाउनका लागि तालिम आयोजना गरिएको मिसेस चितवन २०१९ थर्ड रनर अप पन्तले बताईन् । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आर्थिक रुपमा समेत बलियो बन्ने पन्तको विश्वास रहेको छ । यस्तै यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने उनको भनाई थियो ।
७ दिन सम्म दिईने तालिममा ३४ जना प्रशिक्षार्थी महिलाहरुको सहभागीता रहेको छ । उनिहरुलाई मिसेस चितवनकी प्रतीयोगी प्रतिक्षा पन्ती बरालिले प्रशिक्षण दिईरहेकी छिन् । मिसेस चितवन २०१९ थर्ड रनर अप पन्त ग्रिनल्याण्ड पब्लिक स्कुलमा अध्यापन गराउछिन् । तालिमको यस अघी आइतबार भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहले उद्घाटन गरेकी थिईन् ।
तपाइँको प्रतिक्रिया