देवघाटमा स्नान गर्न जाने भक्तजनलाई लायन्स र लियो क्लबले गर्यो पानी बितरण

चितवन, साउन ०६ – पवित्र तीर्थस्थल देवघाट धाममा साउने सोमबारको अवसर पारेर स्नान गर्न जाने भक्तजनहरुलाई लायन्स र लियो क्लबले पिउने पानी बितरण गरेको छ । देवघाट धाममा स्नान गर्न जाने भक्तजनहरुलाई लक्षित गरी चितवन ग्रीन लायन्स, लेडी लायन्स र चितवन ग्रीन लियो क्लबले संयुक्त रुपमा पीउने पानी बितरण गरेको कार्यक्रम संयोजक हरि पौडेलले जानकारी दिए ।स्नान गर्न जाने भक्तजनहरुको लागि विहान ८ बजेदेखि ११ बजेसम्म पीउने पानी वितरण गरेको उनले बताए ।
कार्यक्रममा चितवन ग्रिन लायन्सका अध्यक्ष किशोर चन्द्र सापकोटा, सचिव समुन्द्र अर्याल, लेडी लायन्सका अध्यक्ष निर्जनी श्रेष्ठ प्रधान, लियो क्लबका अध्यक्ष विजय लामिछाने लगायत अन्य सदस्यहरुले पिउने पानी बितरण गरेका थिए । पहिलो सोमबार जस्तै हरेक साउन महिनाको हरेक सोमबार यसरी नै पानी बितरण गर्ने बताईएको छ ।
पियुस पानी र नारायणी बराह ज्वेलरीले सहकार्य गरेको कार्यक्रममा करिव ५ सय लिटर पानी वितरण गरिएको थियो । चितवन ग्रीन लियो लायन्सले बिगत ५ बर्ष देखी साउने सोमबारको दिन यसरी नै पानी बितरण गर्दै आईरहेको छ ।
तपाइँको प्रतिक्रिया