पपुलर युनिसेक्स सेलुनको पहिलो शाख सिजी ल्याण्डमार्कमा

चितवन, साउन ०६ – भरतपुरको चौबिसकोटीबाट सेवा दिदै आईरहेको पपुलर युनिसेक्स सेलुनले आफ्नो पहिलो शाखा बिस्तार गरेको छ । करिब ५ बर्ष अघी चौबिसकोटीबाट सेवा दिन शुरु गरेको सेलुनले क्याम्पस गेट अगाडि रहेको सिजी ल्याण्डमार्कको तेस्रो तलामा आफ्नो शाखा बिस्तार गरेको हो।
सोमबार बिस्तार गरिएको शाखाको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले उद्घाटन गरे । शाखाको शुभारम्भ कार्यक्रममा बोल्दै ढुंगेलले सेलुनको सफलताको कामना गरे । समाजमा कपाल काट्ने काम नेपालीको होइन भन्ने बुझाई रहेको अवस्थामा पपुलर सेलुनले त्यसलाई गलत सावित गर्दै आईरहेको बताए । यही गलत बुझाईको कारण बर्षेकी अर्बौ रकम भारत भित्रिने गरेको उनले बताए ।
कपाल काट्ने काम नेपालीको होइन भन्ने गलत बुझाई हुँदा भारतीय नागरिकले नेपालमा यही काम गरेर अर्बौ रुपैया भारत लैजाने गरेको उनले बताए । कपाल काट्ने कामलाई सानो भन्ने गलत बुझाईको कारण नेपाली युवाहरु बेरोजगार भएको र त्यही काम गरेर भारतीयहरुले भने टन्नै पैसा कमाउने गरेको उनले बताए । यस्तो अवस्थामा पपुलरले उदाहरणिय काम गरेको उनले बताए । यो सेलुनको माध्यमबाट नेपालीहरुको रोजगार पाउनु खुशीको बिषय भएको उनको भनाई थियो ।
नेकपामा केन्द्रिय सदस्य देवी ज्ञवालीले कपाल काट्ने पेशालाई समाजले पहिले पहिले सानो कामको रुपमा हेर्ने गरे पनि समय सँगै त्यसमा बदलाव देखिन लागेको बताए । समाजमा यथास्थितीमा जे कुरामा रमायो नयाँ कुरा आउने बित्तिकै हलचल मच्चिने गरेको बताउदै उनले पपुलर सेलुनको हकमा पनि त्यस्तै भएको बताए । उनले सेलुनको सफलताको कामना गर्दै आगामी दिनमा अझ धेरै शाखा बिस्तारको शुभकामना दिए ।
यस्तै भरतपुर महानगरपालिकाका प्रवक्ता एवं भरतपुर १० का वडाध्यक्ष अरुण पीडित भण्डारीले पपुलर सेलुन स्थापना गरेर युवाहरुले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए । बिदेशमा कपाल काट्ने पेशालाई निकै सम्मान गर्ने भए पनि नेपालमा भने अझै पनि सानो कामको रुपमा हेर्नु दु:खद भएको बताए । भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना रहेको बेला युवाहरुको यस्ता रचनात्मक कार्यले त्यसमा सहयोग पुग्ने उनको भनाई थियो । उनले सेलुनको सफलताको कामना ब्यक्त गरे ।
करिब २० लाखको लगानीमा सेवा शुरु गरेको सेलुनको शाखामा २० जनाले रोजगार प्राप्त गरेको संचालक सुलभ सिग्देलले जानकारी दिए । सेलुनमा महिला पुरुष दुबैको लागि सेवा उपलब्ध हुने उनले बताए । यस्तै सेलुनमा मसाजको समेत व्यवस्था रहेको उनले बताए । सेलुनमा दक्ष जनशक्तीबाट सेवा दिईने उनले बताए ।
तपाइँको प्रतिक्रिया