श्रृंखला र शिशन प्रेममा ?

एटुजेड समाचार

चितवन, साउन ०५ – मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडालाई धेरैले ‘ब्युटी विथ ब्रेन’ को रुपमा लिने गर्दछन् । मिस नेपाल २०१८ को बिजेता देखी मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै उनको शशक्त प्रस्तुतीको कारण श्रृंखला निकै चर्चित भईन् ।

शारिरीक सन्दरता देखी बौद्दिक सुन्दरताको कारण श्रृंखलाले धेरै नेपालीको मन जित्न सफल भईन् । अझ मिस वर्ल्डमा उनले दिएको प्रस्तुतीको त सारा नेपालीले खुलेर तारिफ गरे । मिस नेपाल पछी पनि सामाजिक क्षेत्रमा सकृय भएको कारण उनको चर्चा झनै चुलियो । उनको काम र सुन्दरता यती राम्रो छ कि धेरै नेपाली युवाहरु श्रृंखलालाई आफ्नो क्रस नै मान्ने गर्दछन् ।

यसै क्रममा हाल टर्कीको स्तान्बुलमा रहेकी श्रृंखला अहिले फेरी चर्चाको बिषय बनेकी छिन् ।घुमघामका लागि स्तान्बुल पुगेकी श्रृंखलाको त्यहाबाट एउटा तस्बिर सार्वजनिक भयो जुन अहिले सामाजिक सन्जालमा चर्चाको बिषय बनिरहेको छ।

श्रृंखला भ्लगर शिशन बाँनियासँग खिचाएको एक तस्बिरले नेपालमा ठुलै तहल्का मच्चाईरहेको छ । उक्त तस्बिरमा श्रृंखलाले शिशन काँधमा आफ्नो टाउको राखेकी छिन् । उक्त तस्बिर हेरेर धेरैले श्रृंखला र शिशन प्रेम सम्बन्धमा रहेको अट्कल काटिरहेका छन् । हुन त यस अघी पनि बेला बेलामा श्रृंखला र शिशन प्रेममा रहेको चर्चा चलेको थियो । तर श्रृंखलाले आफु सिङ्गल रहेको भन्दै शिशन आफ्नो मिल्ने साथी भएको बताउदै आएकी थिन् ।

अहिले सार्वजनिक भएको तस्बिरले शिशन श्रृंखलाको साथी मात्र नभई साथी माथि माथि रहेको धेरैको अनुमान रहेको छ । यस बारे दुबैले अहिले सम्म केही बोलेका छैनन् । सामाजिक सन्जालमा यसरी तस्बिर भईरल भईरहदा दुबैले केही प्रतिकृया नदिनुले कतै यि दुई प्रेममा त छैनन् ? भन्ने प्रश्न खडा गरेको छ ।आशा गरौ कि यो प्रश्नको जवाफ छिट्टै मिल्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु