इंग्ल्याण्ड र न्युजिल्याण्ड बिचको फाइनल खेलका अम्पाएरले भने : म बाट गल्ती भयो

एटुजेड समाचार

साउन ०५ – इंग्ल्याण्ड र न्युजिल्याण्ड बिचको एक दिवसिय विश्वकपको फाइनल खेल खेलाएका अम्पाएर कुमार धर्मसेनाले आफुबाट गल्ती भएको स्विकार गरेका छन् । विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड र न्युजिल्याण्ड बिचको फाइनल खेलको अन्तिम ओभरमा इंग्ल्याण्डलाई ६ दिनु आफुबाट गल्ती भएको धर्मसेनाले स्विकार गरेका हुन् ।

विश्वकप फाइनलको अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १५ रन आवश्यक थियो । उक्त ओभरको चौथो बलमा बेन स्टोक्स दोस्रो रनका लागि दौडिदा मार्टिन गुप्टिलले फ्याकेको थ्रो स्टोक्सको ब्याट्मा लागेर बल चौका भए पछी इंग्ल्यान्डले ६ रन पाएको थियो । उक्त ६ रन नै न्युजिल्याण्डको लागि घातक हुँदा इंग्ल्यान्डका लागि भने उपाधी जित्ने उपाधी जित्ने कडि बन्यो ।

उक्त बलमा खेलाडीले पहिलो रन पुरा गरे पनि गुप्टिलको थ्रो ब्याटमा लाग्दा स्टोकले दोस्रो रन पुरा नगरेको अवस्थामा ५ रन दिनु पर्ने भए पनि अम्पाएरले ६ रन दिएको भन्दै आलोचना भईरहेको छ । इंग्ल्यान्डलाई ६ रन दिएर अम्पाएरले गल्ती गरेको भनी आलोचना भईरहदा उनले आफ्नो गल्ती स्विकार गरेका हुन् । उनले उक्त बलमा ५ रन मात्र दिनु पर्ने अवस्थामा ६ रन दिनु आफ्नो गल्ती भएको बताए । श्रीलंकाका पुर्व टेस्ट क्रिकेटर धर्मसेनाले टेलिभिजन रेप्ले हेर्ने व्यवस्था नहुँदा त्यस्तो गल्ती हुन पुगेको बताए ।

‘म स्विकार गर्छु कि म बाट गलत निर्णय भयो उनले भने अहिले टेलिभिजनमा रिप्ले हेर्दा थाहा पाउदैछु कि म बाट गल्ती भएको रहेछ ।’ ‘तर हामीसँग मैदानमा टेभिजन रेप्ले हेर्ने व्यवस्था थिएन, त्यसैले मलाई मेरो निर्णयमा पछुतो भने लागेको छैन – उनले थपे ।’

उनले सबै म्याच अफिसियल सँग सल्लाह गरेर नै आफुले ६ रन दिएको दाबी गरेका छन् ।कोही सँग पनि टिभीमा रेप्ले हेर्ने व्यवस्था थिएन, त्यसैले सबैले स्टोक्सले दोस्रो रन पनि पुरा गरिसके भन्ने पक्का गरे उनले भने, त्यही अनुसार नै मैले मेरो निर्णय गरेको हुँ ।’ ‘मैले लेग अम्पाएर सँग सल्लाह गरेको थिए, जुन कुरा हाम्रो सिस्टमबाट सबै अफिसियलले सुन्न सक्छन् – उनले भने ।’

उक्त बलमा अम्पाएरले ६ दिदा इंग्ल्यान्डले ५० ओभरमा स्कोर बराबरी गर्न सफल भयो । स्कोर बराबर पछी खेल सुपर ओभर ओभरमा गएको थियो । सुपर ओभरमा इंग्ल्यान्डले १५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले पनि १५ रन नै बनाए पछी पुन स्कोर बराबर भयो र धेरै बाउण्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्ड उपाधी जित्ने सफल भयो । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु