चितवन, साउन ५ – एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा एम्बुलेन्स दुर्घटना भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बा २० च ९७९० नम्बरको आँबुखैरेनी गोरखा भारतीय भुपु सैनिकद्वारा संचालित एम्बुलेन्स पल्टिँदा चालक तनहुँ आबुखैरेनी गाउँपालिका ३ का ५३ वर्षीय ओमराज श्रेष्ठ र यात्रु गोरखा मझुवा देउराली गाँउपालिकाका १८ वर्षीय हरि गुरुङ घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


