प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

काठमाडौं, साउन ५ – मकवानपुरको रजैयामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गएराति गोली चलेको हो ।
गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ । घटनाबारे सम्पूर्ण जानकारी गराउन अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
तपाइँको प्रतिक्रिया