दश खेलाडीमा सिमित बार्यन सँग रियल स्तब्ध

साउन ०५ – जर्मन च्याम्पियन बायर्न म्युनिखले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध पारेको छ । प्रि–सिजन अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा बार्यनले रियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । यो सँगै रियल प्रि–सिजनको पहिलो खेलमा नै पराजित भएको छ । उता बेल्जियन फर्वार्ड इडेन हजार्ड ‘डेब्यु’ खेलमा नै निराश भएका छन् ।
अमेरिकाको टेक्ससमा भएको खेलमा बायर्नको जिताउन कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गरे । रियलका रोड्रिगोले एक मात्र गोल फर्काए ।बार्यनले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । १५औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल १-० मा सकियो ।
दोस्रो हाफमा बार्यनले थप २ गोल गर्दा रियलले एक मात्र गोल गर्यो । खेलको ६७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनको अग्रता दोब्बर बनाए । लगत्तै ७०औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेपछी बायर्नलाई ३–० ले अग्रता कायम गर्न सफल भयो ।
८१औं मिनेटमा एसभेन अलरिइच रातो कार्ड खादै मैदानबाट बाहिरिए बायर्न १० खेलाडीमा सिमित भयो । त्यसको ४ मिनेट लगत्तै खेलको ८५औं मिनेटमा रियलका लागि रोड्रिगोले डेब्यु गोल गर्दै बार्यनको अग्रता ३–१ को झारे पनि हार भने टार्न सकेनन् । ल्याएपनि हार टार्न सकेन । एजेन्सी
तपाइँको प्रतिक्रिया