‘कबिर सिंह’ हिट हुँदा शाहीदको पारिश्रमिक ३ करोडबाट ३५ करोड

साउन ०५ – बलिउडका चक्लेटी अभिनेता शाहीद कपूर अहिले निकै चर्चामा रहेका छन् । धेरै हिट फिल्म दिईसकेका शाहीदको चर्चा अहिले चुलिएको छ । कारण हो उनी अभिनित फिल्म ‘कबिर सिंह’ ।
‘कबिर सिंह’ ले शाहीदको करियरको सबै भन्दा ठुलो सफलता हात पार्यो । पाचौ हप्तामा प्रवेश गर्दा कबिर सिंहले २ सय ६७ करोड भन्दा बढीको ब्यापार गरिसकीको छ । ६० करोडको लगानीमा बनेको यो फिल्मले धेरै रेकर्ड समेत ब्रेक गर्यो । यो फिल्म नै शाहीदको करियरको सबै भन्दा ठुलो सफलता हात पार्न सफल फिल्म हो ।
‘कबिर सिंह’ को सफलता पछी शाहीदको डिमाण्ड पनि बढ्न थालेको छ । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता निर्देशकहरु बढ्न थालेको छ । यही फिल्मको सफलता पछी शाहीदको पारिश्रमिक पनि बढेको छ । शाहीद आफ्नो पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्याएको स्रोतको दाबी छ ।
‘कबिर सिंह’ का लागि जम्मा ३ करोड लिएका शाहीदले अब भने फिल्मको लागि ३५ करोड लिने भएका छन् । उनलाई यतिबेला फिल्म र विज्ञापनका लागि धेरै अफरहरु आइरहेका छन । ‘कबिर सिंह’ ले उनलाई सुपरस्टार बनाएकोले उनले पारिश्रमिक बढाएकोलाई धेरैले स्वभाविक नै ठानेका छन् ।दक्षिण भारतीय फिल्म फिल्म‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिंह’ मा शाहीद र कियारा अदभानीको लिड रोल रहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया